• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


७८२ मतसहित निर्वाचित नुवाकोटे टाइगर


नेपाली अपडेट
आइतवार, जेष्ठ ८, २०७९
 

शिवपुरी – वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सर्वाधिक मत ल्याई वडा सदस्यमा विजयी भएका छन् ।

तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए ।तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २४१ मतको मतान्तरले हराएका थिए ।

उहाँ नेपालको चर्चित रेस्लर खेलाडि (नुवाकोटे टाइगर) भनेर देश तथा बिदेशमा समेत चारचित रहेको छ ।

विगत केहि बर्ष यता आफ्नो गाँउमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उहाँ आफैं राजनीतिमा लाग्ने निर्णय गर्नु भयो ।

यस्तै, अध्यक्ष पदमा श्रेष्ठले ७६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७६० र खुल्ला सदस्यमा विशाल थापाले ७११ मत प्राप्त गरी विजयी भएका थिए ।

शुक्रबार गाउँपालिकाको कार्यालय शेराबगरमा पदभार ग्रहण गर्दै नागरिकको आदेश अनुसार शिवपुरीको विकासका निमित्त खट्ने नवनिर्वाचित सदस्य तामाङले बताएका छन् ।

प्रकाशित भएको : May 22nd, 2022

सम्वन्धित समाचारहरु