• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


श्री बौद्ध तामाङ कल्याण गुठीले ६ नम्बर वर्ड जनप्रतिनिधि सम्मान गरे


नेपाली अपडेट
शनिबार, जेष्ठ २१, २०७९
 

काठमाडौं ।श्री बौद्ध कल्याण गुठीको आयोजनामा काठमाडौं महानगर पालिका वडा नम्बर ६का  नव  निर्वाचित जना प्रतिनिधिलाई गुठीका गुठियार द्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खड्ग जीत लामाको सभापतित्वमा भएको कार्यक्रममा गुठीका सचिव सुरेन्द्र लामाले स्वागत मन्तव्य रख्नु भएको थियो । अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना  मन्तव्यको क्रममा  वर्डमा भएका विकृति विसंगति व्यतितिको अन्त्य गर्ने र बौद्ध लाई बिश्वमा सामु चिनाउन महत्त्वपूर्ण कार्य गर्नु पर्नेमा सबैले जोड दिएका थिए।

समाजसेवी तथा बरिस्ठ  ज्येष्ठ नागरिक जयमंगल लामाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बिशिस्ट अतिथिहरु ड•गणेश योन्जन सम्पूर्ण कुमार लामा दिपेन्द्र लामा अतिथिहरु वीर बहादुर वाईबा , किशोर लामा, अधिवक्ता बिक्रम राई ,समाजसेवी धर्मकाजी लामा ,पत्रकार ,गुठियारहरु लगायतको उपस्थिति रहेको थियो ।

नव नियुक्त का मा न पा वर्ड -६ जनप्रतिनिधि अध्यक्ष भुवन लामा सदस्यहरु  नरेन्द्र थापा (भगवान ) देव सुन्दर बज्राचार्य , गायत्री पुडासैनी लिला विशुंखे लाई सम्पूर्ण  उपस्थित  गुठियारहरुले स्वागत तथा शुभकामना स्वरूप खादा ओढाएर बधाई ज्ञापन गरेका थिए।

प्रकाशित भएको : June 4th, 2022

सम्वन्धित समाचारहरु