• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


सोनाम ल्होछार के हो, कसरी मनाईन्छ ?


नेपाली अपडेट
आइतवार, पुस १३, २०७६
 

नेपालमा तामाङ सङ्घ सस्थाहरु च्याउसरि उम्रेका छन र कयौ हराए पनि कयौ नामै मात्र तामाङ सस्था भनेर चलाई रखेका पनि छन भने कयौ सस्थाहरु सफल छन कयौ सस्था तामाङ समुदाय भित्र बिभादित पनि छन । यही क्रममा तामाङ समुदायमा नयाँ सस्था जन्मियो तामाङ समाज नेपाल । सन २००५ मा कतारमा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारको पहलमा कतारबाट नेपाल फर्केका केहि तामाङहरुको भेलाले २०७६ साल भदौ महिनाबाट जन्मियो तामाङ समाज नेपाल । तामाङ समुदाय भित्र ल्होछार सम्वन्धी बिबिध बिभादित बिचार , भनाईहरु आईरहेको बेलामा तामाङ समाज नेपालपरिवारले भने हामी तामाङहरुले ल्होछार कसरी मनाउने भनेर प्रस्ट पारेर फरक ढङ्गले ल्होछार मनाउने तयारीमा रहेको बताउछन सस्थाको अध्यक्ष रोशन दोङ तामाङ । आउनुस अध्यक्षसङ्गा टुङ्गुन मिडियाले गरेको कुराकानिलाई अगाडी बडाउ ।

अध्यक्ष ज्यू के हो त ल्होछार ?

आधिकारिक नाम : सोनाम ल्होछार
समुदाय : तामाङ जाति
महत्व : नयाँ वर्ष आरम्भ , आफन्त भेटघाट, झाकि, सांस्कृतिक कार्यक्रम
मिति : माघशुक्ल प्रतिपदा

‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।हरेक वर्ष एक एक वटा जनवारको नाममा फेरिने ल्हो अर्थात नयाँ वर्ग वा वर्ष अन्तरगत २०७६ माघशुक्ल प्रतिपदा बाट चरा वर्षको आगमन हुन लागेको छ । सुगुंर वर्षको विधाइ गर्दै घरघरमा दिपावली सहित तामाङ समुदायले नयाँ वर्ष चरालाई स्वागत गर्ने तयारीमा छन ।

सोनाम ल्होछार मनाउने समुदाय ?

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा ‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

कसरी मनाउछन ल्होछार ?

ल्होछारको अवसरमा घरघरमा र सामुहिक रुपमा शुभकामना आदान प्रदान, खानपिन, रमरमाइलो गरेर मनाउँछन् । बिहानैबाट आफन्तजनकोमा टिको लगाउने, आर्षिवाद लिने, घरघरमा वा गुम्बाहरुमा गएर पुजा गर्ने गर्दछन भने चेलिबेचीलाई बोलाएर मिठा परिकारहरू तरुल, फापरको फुलौरा, गेङ , आलुम, खाप्से, रोटी, आदि खाने गर्दछन् । खुवाउने चलन छ ।

यहाँ क्लिक गरेर भिडियो हेर्नुस

प्रकाशित भएको : December 29th, 2019

सम्वन्धित समाचारहरु