• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


काठमाडौं बौद्ध परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न


नेपाली अपडेट
मङ्लबार, असार ७, २०७९
 

काठमाडौं । काठमाडौं बौद्ध स्थित विभिन्न संघ संस्थाको सहभागितामा संयुक्तरूपमा आयोजित बृहत रक्तदान कार्यक्रम  सम्पन्न गरियो।

 

प्रमुख अतिथि का.म.न.पा वडा ६ का अध्यक्ष एवम् स्थानीय सरकार प्रमुख भुवन लामाको बहुल्यबाट लामा मन्त्रद्वारा  कार्यक्रम सफलताको लागि आशिर्वाद सहित मंगल पाठ वचन  मन्त्र उच्चारण गरि छ्योईमे बत्ती बलेर उद्घाटन गरिएको कार्यक्रमको बिशिस्ट अतिथिहरु ज्येष्ठ नागरिक समाजका अध्यक्ष जयमंगल लामा, समाजसेवी धर्म काजी लामा,सामुदायिक सेवा केन्द्र बौद्ध तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर बहादुर लामा,लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा(हिमाली कान्छा) पुर्व छोरङ्न महिला समाजका अध्यक्ष एवम् समाजसेवी माया डोल्मा लामा ,बौद्ध टुसाल टोल सुधार समितिका अध्यक्ष साङ्गेल शेर्पा प्रहरी निरीक्षक उपेन्द्र खनाल अतिथिहरु बौद्ध  भेट्रान क्लबका अध्यक्ष विवेक लामा तामाङ चलचित्र संघका उपाध्यक्ष भुईसाल लामा ,समाजसेवी साङ्गे धोर्जे लामा, तामाङ चलचित्र संघका सचिव रितुराज लामा ,नेपाल ठ्राङ्गु ल्हाक्समका अध्यक्ष कर्म चुङ्क  शेर्पा लगायतको उपस्थितिमा भएको कार्यक्रमको सभापतित्व श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्ग जीत लामाले गर्नु भएको थियो ।

काठमाडौं उपत्यकामा भएको रगतको अभावलाई केही हद सम्म कम गर्ने उदेश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक चन्द्र जीत मोक्तानले जानकारी दिनु भएको थियो।  ३५ जनाले रक्तदान गरिएको कार्यक्रममा  रक्तदाताहरुलाई ससम्मान अतिथहरुले  प्रसंशा पत्र प्रदान गर्नु हुदै तस्बिर खिचेको थियो ।

प्रकाशित भएको : June 21st, 2022

सम्वन्धित समाचारहरु