?️…..प्रभात लामा रसुवा
रसुवा । मिति २०७९/०३/२० गते हिमाली जिल्ला रसुवामा प्रदेश युवा गठन सम्पन्न भयो ।
युवा समिति रसुवाको आयोजनामा प्रदेश युवा स्वयंसेवक समिति गठन आज सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय, बाग्मती प्रदेश युवा परिषद अन्र्तगत जिल्ला युवा समितिले रसुवाको सदरमुकाम धुन्चेमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमले जिल्ला युवा समिति रसुवाको अध्यक्ष अविनाश तामाङको नेतृत्वमा २० जनाको प्रदेश युवा स्वयंसेवक समिति गठन गरिएको हो । समितिमा राजनितिक दल ,विभिन्न संघ संस्थाका युवा प्रतिनिधिहरु स्वयंसेवकको रुपमा रहनुभएको छ ।
यसैगरि प्रमुख अतिथि एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले विपद व्यवस्थापनमा युवा र तीनले खेल्ने भुमिका बारे स्पष्ट पार्नु भएको थियो ।
जिल्ला युवा समितिको औचित्य, समाज विकास र रुपान्तरणमा युवा पहिलो पंत्तीमा रहनु पर्ने जिल्ला युवा समितिका अध्यक्ष अविनाश तामाङले जानकारी दिनु भएको छ !