• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


बौद्ध ज्येष्ठ नागरिक धर्मिक अवलोकन यात्रा


नेपाली अपडेट
शुक्रबार, असार २४, २०७९
 

काठमाडौं । २०७९ असार २४ शुक्रबार बौद्ध काठमाडौं महानगर पालिका ६ नं वडाको आयोजनामा बौद्ध ज्येष्ठ नागरिक समाजका परिवारलाई “धार्मिक तथा अवलोकन यात्रा” कार्यक्रमका लागि वडा अध्यक्ष भुवन लामा लगायत सदस्यहरुको उपस्थितिले सफल यात्राको शुभकामना सहित बिदाई गरियो।

बिहानै सात बजे बौद्ध सिद्धार्थ बैंक नजिकै जम्मा भई साठी जनाको समुह दुईवटा बस रिजर्भ गरि प्रस्थान गरिएको छ। काठमाडौं नजिकै रहेको दक्षिणकाली फर्पिङमा रहेको विभिन्न धार्मिक स्थलहरुको अवलोकन तथा यात्रा गरिने र भोलि पल्ट  शनिबारका दिन बौद्ध फर्कने समाजका सचिव टासी कुमार लामाले नेपाली अपडेटलाई जानकारी गर्नु भएको छ।

प्रकाशित भएको : July 8th, 2022

सम्वन्धित समाचारहरु