• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


बौद्धमा श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा राब्ने (प्राण प्रतिष्ठा


नेपाली अपडेट
शुक्रबार, असार २४, २०७९
 

काठमाडौं । २०७९ असार शुक्रबार २३ गते श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा राब्ने (प्राण प्रतिष्ठ) सम्पन्न गरियो।

श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा बौद्ध स्थित ओम् तामाङ सुख दुःख सेवा गुठी भवनमा  नव  प्रतिस्थापन गरिएको अमिताभ बुद्ध, गुरु रिम्पोछे र चेङरेसी भगवानको मुर्तिलाई प्राण प्रतिष्ठा ( राब्ने ) कार्यक्रम सम्पन्न गरिएको छ ।

गुठीका संरक्षक तथा युवा समाजसेवी चन्द्र दिप लामाले विशुद्ध समाजिक संस्था यस गुठीका निम्ति सम्पूर्ण स्थानीय गुठियार , समाजसेवी, बुद्धिजीवी संघ संस्था लगायतका विभिन्न व्यक्ति व्यक्तित्वको अथक साथ सहयोग र समर्थनको कारण गुठी हाल यो अवस्थासम्म आएको र सबैको योगदानको कदर गर्नुपर्ने  वहाँले नेपाली अपडेटलाई बताउनुभयो ।

कार्यक्रममा गुठीलाई समाजका विभिन्न व्यक्तिगत तथा संस्थागत सहयोग गर्नु हुने  सहयोगी मनहरु प्रति गुठीका  अध्यक्ष सूरोज लामा (रुम्बा) ले नमन तथा धन्यवाद व्यक्त गर्दै आउदा दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नु भएको छ।

अन्तिम पटक अपडेट गरिएको : July 22nd, 2022,

सम्वन्धित समाचारहरु