• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने


नेपाली अपडेट
बिहिबार, साउन १२, २०७९
 

प्रभात लामा रसुवा
(आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने )
साउन २०७९ -रसुवा जिल्लाको उतरी भेगमा पर्ने आमाछोदिङमो प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल आमाछोदिङमो (पर्वती कुणडमा ) यस वर्ष जनैपूर्णिमाका

अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको आमाछोदिङमो कोरोना महामारीका कारण अघिल्लो वर्ष मेला कम लागेको थिए । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने आमाछोदिङमो गाउँपालिका ३ वडाअध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो ।
यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब २५५०मिटर उचाइमा रहेको छन् । रसुवा जिल्लाको नमूना black villages कालो गाउँको उच्च

स्थानमा रहेको एक उत्कृष्ट गन्तव्य हो साना–ठूला धार्मिक र पर्यटकीय महत्व बोकेर आमाछोदिङमो(पार्वती कुणड ) रहेका छन् । एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला नुवाकोट ,धादिङ ,सिन्धुपाल्चोक जिल्लाभरिको लोक मौलिक गिता र तामाङ सेलो गिताको लयमा नाँच्दै गाउदै सेसे बोम्बो र मेन्दोमाया,फाप्परे गीत सेलो गीत गाँउने नाँच्ने रमाइलो गर्ने र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरिन्छ्न साथै कुणड दर्शन गर्नका लागि साना -ठुलो सवारी साधनले जुनसुकै समयमा यात्रा गर्दा पनि सजिलोसँग कुणड दर्शन गर्न पुग्ने सडक बाटो राम्रो रहेकोे र आमाछोदिङमो (पार्वती कुणड ) विभिन्न ताजा फलफूल, दुध लिएर भक्तजनले चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् ।
आमाछोदिङमो रहेको भगवानलाई स्थानीयबसिहरुले प्रत्येक बर्षा पाठपूजा गरेमा सुख, शान्ति र सन्तान नहुनेलाई पनि सन्तान प्राप्त गरेको धार्मिक विश्वास छ ,आमाछोदिङमो वरिपरि

विभिन्न स्थानमा होटेल & होमस्टे रहेकालेको खाना , बस्न समस्या नहुने लामाले बताउनुभयो । पर्यटन प्रबर्द्धन लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने लामा बताउनुभयो । आमाछोदिङमो गाउँपालिका–३ स्थानीय युवाहरूलाईले सरसफाइ तथा मेला व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने स्थानीयबसिदुरा जानकारी गरायौं

प्रकाशित भएको : July 28th, 2022

सम्वन्धित समाचारहरु