• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रा मनाइयो


नेपाली अपडेट
आइतवार, साउन २९, २०७९
 

काठमाडौं । बौद्धमा परम्परागत रुपमा मनाउँदै आइरहेको ऐतिहासिक, साँस्कृतिक , धार्मिक एवम् मौलिक जात्रा” बौद्ध  गाईजात्रा तथा रोपाइँजात्रा” विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ।

पर्यटन तथा संस्कृति नागरिक उड्डयनमन्त्री मा. जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा ३ नं प्रदेश माननीय छिरिङ दोर्जे लामा, जापानका लागि पुर्व राजदुत ड.गणेश योन्जान लामा, ६ नं वडा अध्यक्ष भुवन लामा र स्थानीय संघ संस्थाका प्रतिनिधि ,स्थानीय  समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो कार्यक्रममा  राष्ट्रिय कलाकार गणेश राई , बिश्वजीत देउजाले दर्शकलाई मनोरञ्जनात्मक राजनीतिक समसामयिक बिषय प्रस्तुति  प्रस्तुत गरेर उपस्थिति सम्पूर्णलाई हाँसााएको थियो । भोजपुरको लाखे नित्यले झनै जात्रा आकर्षक देखिएको थियो

बौद्ध तामाङ कल्याण गुठी र बौद्ध नाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा स्थानीय संघ संस्थाको आयोजनामा  भएको कार्यक्रममा सहभागी कलाकारहरुले वि भिन्न विधामा आ – आफ्नो कला मार्फत  लाखे लठ्ठी नाच, घोनाई नाच , हल गोरु, बाउसे ,रोपार, हस्य व्यङ्ग्य प्रस्तुत गरेका   उत्कृष्ट कला प्रस्तुतिलाई निर्णयक मण्डलको निर्णयअनुसार आयोजकले  नगदसहित पदकले पुरस्कारले पुरस्कृत गरेको थिए।

कार्यक्रम संयोजक खड्ग जीत लामाले गर्नु भएको थियो । सहभागी  जात्रा बौद्ध परिक्रमा बौद्ध स्तुपा प्रदक्षिणापथ हुदै फुलबारी ,बौद्ध गेट हुदै पिपल बोट टुसाल चोक ,पुन बौद्ध कार्यक्रम स्थालमा पुगी औपचारिक कार्यक्रममा सहभागी  भएको थियो।कार्यक्रमको सभापतित्व बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामाले गर्नु भएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : August 15th, 2022,

सम्वन्धित समाचारहरु