• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024


तामाङ जुहारी कलाकार संघको पहिलो एल्बम “डेन्मुला” विमोचन


नेपाली अपडेट
शनिबार, भदौ ४, २०७९
 

काठमाडौं। तामाङ जुहारी कलाकार संघको पहिलो एल्बम “डेन्मुला”विशेष कार्यक्रमकासाथ बौद्ध तामाङ कल्याण गुठी भवनमा विमोचन गरिएको छ।

प्रमुख अतिथि गोकर्णेश्वार नगरपालिका उप प्रमुख सान्नानी लामाले पर्दामा प्रोजेक्टर अन गरि विमोचन गरिएको कार्यक्रमका विशिष्ट अतिथिहरुमा  नेपाल तामाङ राष्ट्रिय घेदुङका वीर बहादुर लामा ,हिमालयन बौद्ध शिक्षा तथा सम्भोट लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष कोशिश लामा, कलाकार तथा समाजसेवी चन्द्र जीत मोक्तान , तामाङ चलचित्र संघका उपाध्यक्ष भुईसाल लामा, अतिथहरुमा नेपाल  तामाङ राष्ट्रिय महिला घेदिङका  महासचिव  अमृता लामा लगायतका वि भिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कलाकार चन्द्र सिं तामाङ , प्रेम घिसिङ र केशरी थिङको स्वरले सजिएको एल्बम डेन्मुला गीतमा उपस्थित महानुभावहरुले अति नै मनपराउनु भएर नचेर कलाकारहरुलाई हौसला दिलाएका थियो। सिन्धुपाल्चोक जिल्लाका  खान्दोके कलाकार हरुले खान्दोके  गीत प्रस्तुत गर्नुको  साथै एल्बमको  प्रगतिको शुभकामना व्यक्त गरेका थियो ।कार्यक्रम  चन्द्र सिं तामाङको सभापतित्वमा भएको थियोे ।

प्रकाशित भएको : August 20th, 2022

सम्वन्धित समाचारहरु