• सोमवार, बैशाख २४, २०८१
  • | May 6, 2024


नुवाकोट १ न.क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोषणा


नेपाली अपडेट
बुधबार, भदौ ८, २०७९
 

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ न।क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोसणा गरेका छन् । सत्तारुढ गठबन्धन दलबीच नुवाकोटमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको बेला स्वतंत्र भने आफ्नो बलियो उपस्थिति बनाउन सक्दो प्रयास गरिरहेको छ ।

उनले भने जनताले चाहे कसैले रोक्न नसक्ने दावी गरे । जुनै दल निर्वाचीत भएर आए पनि अहिले सम्म जनताले चाहेको र खोजेको विकास नभएको महसुस हुदा आफुले स्वतंत्र उम्मेवारी दिएने बताए । सानै उमेर देखी सामाजीक सेवा गर्न रूची राखेका अमर लामा अहिले पनि सामाजीक सेवा नै गरीरहेका छन् । समाजमा चाहेको विकास हुन नसकेको र जनताको समस्या दिन प्रति दिन बढ्दै गएको कारण लामा आफै राजनीतिमा लाग्ने सहमत जनाएर उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

राजधानीबाट नजिकै रहेको नुवाकोट जिल्लामा विकासले भने तिव्र गति लिन नसकेको पनि उनले बताएका छन् । राजनीतिको केन्द्रमा भएर पनि कुनै नेताको आँखा पर्न नसकेको नुवाकोट जिल्लामा अब नयाँ अनुहार जनताले खाजेको भन्दै उनले त्यसको लागि आफ्नो दावी रहेको बताए छन् ।

नुवाकोटका अधिकांस युवाहरु अब पुरानो अनुहारबाट नुवाकोट परिवर्तन हुन नसक्ने भन्दै नयाँ युवा राजनीतिमा आउनुपर्ने बिचार राखिरहेका बेला आफुले दावी गरेको बताए । नुवाकोटले आफ्नो मुहार फेर्न राजनीतिक अनुहार समेत फेर्न चाहेको अहिलेको अबस्थामा बिकासको प्रचुर सम्भावना बोकेको नुवाकोट राजनीतिक खिचातानीको सिकार हुँदा आर्थिकस्तरमा निक्कै कमजोर रहेको छ ।

 

प्रकाशित भएको : August 24th, 2022

सम्वन्धित समाचारहरु