• सोमवार, बैशाख २४, २०८१
  • | May 6, 2024


नेपाली काँग्रेसका युवा नेता थुप्तेन लामा सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश ‘ख’ उम्मेदवारी सिफारिस


नेपाली अपडेट
शुक्रबार, भदौ १७, २०७९
 

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक १ न. क्षेत्र प्रदेश ‘ख’ मा युवा नेता थुप्तेन लामाको उम्मेदवारी सिफारीस दिने घोसणा भएको छ । आज सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को बैठक एवं अन्तर्कृया कार्यक्रमा घाेषाणा छ ।

जसमा अबको प्रदेश सांसद उम्मेदवार र केन्द्रको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको छ । सत्तारुढ दलहरूबीच सिन्धुपाल्चोकमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको बेला नेपाली काँग्रेस भने आफ्नो बलियो उपस्थिति बनाउन सक्दो प्रयास गरिरहेको छ ।

यसै सिलसिलामा द बर्गर हाउसका  संचालक तथा युवा व्यवसायी समाजसेवी फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) ले पनि सिफारिस दर्ता गराएका छन् । उनी प्रदेश कार्यसमितिमा युवाहरुको रोजाईमा पर्ने उम्मेदवारका रुपमा चिनिन्छन् ।

त्यस्तै लामा गरिब, दिनदुखीहरुलाई परेको ठाउँमा निरन्तर सकेको राहत सहयोगमा खटिने युवा समाजसेवीको रुपमा परिचित छन् । भुकम्पका बेला होस् या कोरोना काल र बाढीपहिरो पीडितहरुलाई निकै खुलेर सहयोगमा अहोरात्र खटिने अग्रपंक्तिमा उनि देखिदै आएका छन् ।

आजको बैठकले केन्द्रमा सर्वसम्मत केन्द्रको लागि पुर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतलाई सिफारिस गरेको छ भनें प्रदेश सभाका उम्मेदवारका लागि लामा सहित ११ जनाको नाम सिफारिस भएको बताईएको छ ।

प्रकाशित भएको : September 2nd, 2022

सम्वन्धित समाचारहरु