• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


बौद्धमा डेंगु रोगबाट बच्न जनचेतनामूलक कार्यक्रम


नेपाली अपडेट
आइतवार, भदौ १९, २०७९
 

काठमाडौं । कामनपा – ६ बौद्ध क्षेत्रमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपाय सम्बन्धि जनचेतनामूलक कार्यक्रम सहित र्‍याली सम्पन्न भएको छ।

र्‍याली विभिन्न स्थानमा पुगी माईकिङ सहित पर्चा वितरण गरिएको थियो । बौद्ध परिसर, पिपल बोट, टुसाल चोक ,धारा टोल, फुलबारी हुदै बौद्ध तामाङ कल्याण गुठीमा पुगी धन्यवाद ज्ञापन सहित चियापानकासाथ कार्यक्रम समापन गरिएको थियोे ।

काठमाडौ महानगर स्वास्थ विभाग, वडा नं ६ का स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका, आनन्दपूर महिला समाज, छोरङान महिला समाज , सामुदायिक शहरी स्वास्थ्य क्लिनिक सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र लगायतको  स्थानीय  विभिन्न सघ संस्था सहभागी रहेको थियो ।

प्रकाशित भएको : September 4th, 2022

सम्वन्धित समाचारहरु