
नेपाली कांग्रेस खोटाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य समानुपातिक तर्फ खोटाङ ‘क’बाट युवा नेता दुरेन राईलाई सिफारिस गरेको छ। नेपाली काँग्रेस खोटाङका इमानदार, निष्ठा र त्यागको राजनैतिक पर्याय चर्चित युवा नेता राई नेपाल विद्यार्थी संघको सकृय राजनितिको लामो कालखण्ड पार गरेर आएको नेताको रुपमा चिनिन्छन।
स्वर्गीय नेता बल बहादुर राईको राजनीतिक प्रेरणा तथा छत्रछायामा हुर्किएका हलेसि तुवाचुङ नगरपालिका, सल्ले निवासि राईले २०४७ सालमा श्री चम्चादेवी मा.वि. बुईपामा अध्यायनरत रहँदा देखिनै नेपाल विद्यार्थी संघ मार्फत विद्यार्थी राजनीतिको सुरुवात गरि सकेका थिए। २०४८ सालमा उच्च शिक्षा अध्ययनको लागि राजधानी काठमाडौ आएका राईलाई निष्ठावान राजनीतिज्ञ बन्ने मोह जागि सकेको थियो। नेपाल बिद्यार्थी संघ तथा पार्टीको विभिन्न जिम्मेवारी पदहरुमा रहेर सफल र महत्त्वपूर्ण भुमिका निर्बाह गरि सकेका राई नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाई सचिब, नेपाल विद्यार्थी संघ खोटाङ – काठमाण्डौ सम्पर्क समितिको सह- सचिब, सचिब हुँदै नेपाल विद्यार्थी संघ खोटाङका सभापति , नेपाल विद्यार्थी संघ केन्द्रिय संगठन बिभाग सदस्य, समन्वय बिभाग सचिब, २०६२ सालको महाधिवेशनमा जिल्ला कार्य समिती खोटाङका निर्वाचित जिल्ला कार्यसमिति सदस्य तथा करिब ११ बर्ष नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेका राई पार्टीको आदिवासी जनजाती बिभागका केन्द्रिय सदस्य समेतको जिम्मेवारी बहन गरि सकेका छन।
शंकरदेव क्याम्पस बाट एम. बि. ए. तथा त्रिभुवन बिश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गरेका, नेपालको विभिन्न विद्यार्थी आन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनको अग्रणी मोर्चामा सहभागी राईले नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन सफलता पुर्वक गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका थिए । ऊनी प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा पक्षका कट्टर र इमानदार नेताको रुपमा चिनिन्छन। पार्टी सभापति देउवा, नेपाल विद्यार्थी संघका पुर्व सभापति तथा महामन्त्रीहरूको प्रिय पात्र, आम नेपाल विद्यार्थी संघका युवाहरूको प्रिय नेता तथा नेपाली काँग्रेस खोटाङको निष्ठा,त्याग र ईमानदारिताका पर्याय चर्चित युवानेता राई प्रदेश सभा सदस्य खोटाङ ‘क’ को समानुपातिक तर्फका सशक्त उम्मेद्बार भएको तथा उनको बिकल्प नभएको आम खोटाङे जनता तथा कांग्रेस कर्याकर्ताको बुझाइ रहेको छ।