• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


लाक्पा शेर्पाको(हिमाली कान्छा)को समाजिक र साँस्कृतिक योगदान


नेपाली अपडेट
बुधबार, भदौ २९, २०७९
 

समाजसेवामा रमाउने तर खासै आउन नरुचाउने लाक्पा शेर्पा लाई समाजसेवाको पर्याय भन्दा पनि हुन्छ । बि.सं.२०१४ सालमा सिन्धुपाल्चोक लिस्ति गा.वि.स .(हाल भोटेकोसी गाउँ पालिका) छकममा जन्मनु भएका शेर्पाले समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्नु भएको छ। वहाँलाई हिमाली कान्छाको नामले पनि चिनिन्छ ।

वि.सं २०३२ सालतिर दुख्साङ छयोलिङ गुम्बा बाट घेइको रुपमा सक्रिय सामाजिक साँस्कृतिक क्षेत्रमा कार्य गर्न शुरू गर्नु भएको शेर्पाले सो गुम्बाका संस्थापक सदस्य पनि हुनुहुन्छ ।शुरु शुरुमा गुम्बाका लामाहरुलाई पुजाआज सघाउने , परम्परागत धार्मिक कार्यको व्यवस्थापन गर्ने स्थानीयहरुलाई धार्मिक कार्यमा सहभागी गराउन पहल गर्ने कार्यहरु गर्नुहुन्थ्यो।सेटु, डुङ्जु ,ञिङ्मा,लाक्पा थ्यजेन बाङेन्,छेपा लगायतका धार्मिक  साँस्कृतिक गतिविधिमा लामा र स्थानीय समुदायहरुलाई मिलाएर पुजा तथा हिमाली बौद्ध धर्म परम्परा अनुसार कार्यक्रमहरु व्यवस्थापन कार्यहरु जिम्मेवारी र जवाफदेही भएर प्राथमिकता पुर्वक सम्मान गर्नु पर्दथ्थो।

लाक्पा शेर्पा सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने क्रममा राजनीतिमा पनि समाजको नेतृत्व गर्दै बि.सं. २०३३ सालमा गाविस सदस्य बन्नु भयो। गाविस सदस्य भए पछि समाजसेवाको क्षेत्रमा कार्य गर्ने जिम्मेवारी बढेको वहाँलाई महशुस भयो। वि.सं.२०४०  साल तिर भारतमा गएर काम गर्ने लहर गाउँ गाउँमा चलेको थियो । वहाँ पनि ठेक्कामा काम गर्न हिमाञ्चल प्रदेश जानू भयो। त्यस बेला हिमाञ्चल प्रदेशमा सिचाइ र सडक काम द्रुत गतिमा भईरहेको थियो ।वहाँले भारतमा स सान ठेक्का गर्ने  डि श्रेणीको लाईसेन्स प्राप्त गर्नु भयो। हिमाञ्चलको बरगुल जिल्लामा ठूलो सिचाइ परियोजनाको लागि ढुंगाको पहरा काट्ने टेण्डर वहाँलाई पर्यो करिब डेढ किलोमिटर ढुंगाको पहारा काट्न ५महिना लाग्यो । त्यो पहारा त्यस अघि कसैले हिम्मत नगरेकाले शेर्पालाई ठेक्कामा दिईएको रहेछ।पहारा काटेेपछि त्यो समाचार एक कान दुई कान हुदै मैदान भने झै बरगुलमै घर भएका हिमाञ्चलको वनमन्त्री पनि पहारा काट्ने कार्य सम्पन्न भएकोमा खुसी हुदै मैदान शेर्पालाई बधाई पनि दिए साथै केलाङ डिस्ट्रिकमा हुने १५अगष्टको कार्यक्रममा आउन निम्तो समेत दिएर गए । १५ अगष्टको कार्यक्रममा उनलाई लिएर वनमन्त्रीले सिधै इन्दिरा  गान्धीसँग भेट गराए । वनमन्त्रीले शेर्पालाई इन्धिरा गान्धीसँग बरगुलको अफ्टेरो ढुंगे पहारो काट्ने ठेकेदार भनेर प्रशंसा गर्दै चिनाए । इन्दिरा गान्धीले पनि शेर्पालाई हात मिलाएर स्यावासी दिईन । त्यो पल जीवनमा धेरै महत्त्वपूर्ण अवसर भएको शेर्पा बताउनु हुन्छ ।इन्दिरा गान्धीले धाप मारेर प्रसंशा गरेपछि राजनीतिमा लाग्न आत्मबल बढेको र नेपाली कांग्रेसको पक्षमा कार्य गर्न राजनीतिमा लाग्न प्रेरणा समेत मिलेको शेर्पा बताउनु हुन्छ।

बि .सं. २० ४३ सालमा लाक्पा शेर्पा लिस्ति गाविसबाट युवा संगठनको सभापति बन्नुुभयो । २०४३ साल वहाँ सक्रिय राजनीतिमा पनि लाग्नु भयो। बहुदलीय व्यवस्थाको पक्षमा कार्य गर्ने प्रेरणा लिएर वहाँ राजनीतिमा सक्रिय हुनु भयो २०४५ देखि २०४६ को जनआन्दोलनको क्रममा बहुदलको पक्षमा सक्रिय भएर लागेकाले पटक पटक जेलमा थुनिनु भयो। पुलिसले त्यसबेला उहाँलाई समात्ने एक दुई दिन थुन्ने छोड्ने , कैले कलंकीमा पुर्‍याएर छोड्थ्यो आन्दोलनको समयमा वहाँलाई बौद्ध प्रहरी धेरै पटक गिरफ्तार गरेर थुनेको थियोे ।

लाक्पा शेर्पा (हिमाली कान्छा ) अहिले २०६५ सालमा स्थापना भएको नेपाल लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय सभापति हुनुहुन्छ । उहाँ आदिवासी जनजाति तर्फबाट नेपाली कांग्रेसको महासमिति सदस्य तथा सिन्धुपाल्चोकबाट नेपाली कांग्रेस जिल्ला सदस्य हुनुहुन्छ ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति संघको केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक जनजाति सभापति हुनुहुन्छ ।शेर्पा धेरै सामाजिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ । सामाजिक सेवाको क्षेत्रमा आफूले सक्दो सहयोग गर्नु पर्ने बिश्वास बोक्नु भएका शेर्पाको बिश्वासले उहाँलाई धेरै संघसंस्थामा आबद्ध गराएको त छ नै धेरै किसिमका महत्त्वपूर्ण सामाजिक ,साँस्कृतिक कार्यको जिम्मेवारी पनि दिएको छ जसलाई सफलता पुर्ण सम्पन्न गरि सक्नु भएको छ। फलस्वरूप उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै धेरै सम्मान र प्रशंसा पत्र पाई सक्नु भएको छ।संघसंस्था बाट वहाँलाई धेरै सम्मान गरिएको छ।

 

प्रकाशित भएको : September 14th, 2022

सम्वन्धित समाचारहरु