• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


चर्चित नायक  तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक हिरो हिरोईन सर्बजनिक


नेपाली अपडेट
शनिबार, अशोज ८, २०७९
 

काठमाडौं । चर्चित नायक  तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक भिडियो हिरो हिरोईन सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलनमा महा नायाक अमिर दोङ, तामाङ कलकार संघको उपाध्यक्ष विशाल काल्तन, नेपाल तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान बल आदि विशेष अतिथिको रुपमा उपस्थिति रहेको कार्यक्रमको तामाङ चलचित्र  संघका कार्यवाहक अध्यक्ष भुइसाल लामाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि “हिरो हिरोनी” म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।

तामाङ कलाकार संघको केन्द्रीय उपाध्यक्ष, गायक तथा संगीतकार विशाल काल्तनको शब्द तथा संगीत रहेको छ । गायक विशाल काल्तन र गायिका जितु लोप्चनको आवाजलाई सुन्न सकिन्छ । अजय स्याङनको निर्देशनमा नायक तथा मोडल टुल्साङ मोक्तान, नायिका शुष्मा मोक्तानको अभिनयलाई म्यूजिक भिडियोमा नियाल्न सकिने छन् ।

तामाङ म्यूजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । तामाङ समुदायमा दैनिक तामाङ म्यूजिक भिडियो सार्वजनिक हुने गर्दछन् । म्यूजिक भिडियोलाई हल्कारुपमा हेरिनेहरुको भीडपनि त्यत्ति नै छ । जसको कारणले तामाङ म्यूजिक भिडियोले दिनुपर्ने सन्देश दिन सकिरहेको छैन ।

प्रमुख अतिथिबाट अतिथि, पत्रकार र कलाकारहरुलाई मायाको चिनो वितरण गरिएको छ ।

नेपाल तामाङ पत्रकार संघको महासचिव तिर्थमान बालले गीत, संगीतमा तामाङ समुदायको पहिचान आएको छ कि छैन ? तामाङ पनमा छ कि छैन । तामाङ समुदायको मुद्दालाई उठान गरिएको छ कि छैन ? गहन अध्ययन गर्नुपर्ने देखिएको बताएको छ । उहाले गीत संगीत तामाङ छन्दमा छ कि छैन ? श्रव्य दृश्यमा समावेश गरिएको दृश्यले तामाङ समुदायको सभ्यता र पहिचान बोकेको छ कि छैन ? बुझ्न जरुरी रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा संचारकर्मी स्मारिका थिङको जन्मोत्सव मनाएको छ ।

तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष आसमान वाइवाले “हिरो हिरोनी” म्यूजि भिडियो युटुव ट्रेडिङमा पर्न सफलताको शुभकामना व्यक्त गरेको छ

प्रकाशित भएको : September 24th, 2022

सम्वन्धित समाचारहरु