• आइतवार, फाल्गुन ४, २०८१
  • | February 16, 2025


ओम् तामाङ सुखदुःख गुठीको २४औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न


नेपाली अपडेट
सोमवार, अशोज १०, २०७९
 

काठमाडौं । बौद्धको स्थानीय संस्था ओम् तामाङ सुखदुःख गुठीको   २४ औं  वार्षिक    साधारणसभा  तथा सम्मान कार्यक्रम   सिद्धार्थमार्ग  कुशल पार्टी   प्यालेसमा सम्पन्न  भएको छ।

काठमाडौं क्षेत्र नं३  प्रदेश सभासद माननीय छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा जापानका लागि पुर्व राजदुत  ड. गणेश योन्जन लामा , गोकर्णेश्वार नगर पालिका मेयर दिपक रिजाल ,काठमाडौं महानगर पालिका वडा अध्यक्ष भुवन लामा ,बौद्ध नाथ क्षेत्र विकास समिति अध्यक्ष राज कुमार लामा ,बौद्ध नाथ क्षेत्र विकास समिति पुर्व कार्यकारी निर्देशक बसन्त लामा,वरिष्ठ समाजसेवी जयमंगल लामा ,अतिथिमा बौद्ध तामाङ कल्याण गुठी अध्यक्ष खड्ग जीत लाामा ,सामुदायिक सेवा केन्द्र अध्यक्ष वीर बहादुर लामा , बौद्ध   भेट्रान  क्लबका अध्यक्ष विवेक लामा , भुवल डाडा युवा क्लब अध्यक्ष अजिप लामा , आफ्नो आसन ग्रहण गर्नु हुदै कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गुठीका सह कोषाध्यक्ष अमर लामाले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रममा राष्ट्रिय गान, दिवंगत गुठियारहरुो सम्झनामा श्रद्धाञ्जली सहित मौन धारण,  प्रमुख लामा बुद्ध बज्र लामा ,लामा फुर्साङ थिङ, लामा धिमे वाईबाले संयुक्तरूपमा मंगल पाठ वचन  गरेका थियो ।

कार्यक्रममा गुठीद्वारा  गोकर्णेश्वर नगर पालिका , बौद्ध नाथ क्षेत्र विकास समिति , समाजसेवी तथा उद्योगी  दिलिप लामा र श्याम लामा ,गोर्खाज फाइनान्स लिमिटेड खादा र सम्मान पत्रले सम्मानित गरेका थियो भने नव निवार्चित वडा अध्यक्ष लगायत वडा सदस्यहरु भगवान नरेन्द्र थापा देव सुन्दर शाक्य गायत्री पुडासैनी कमला बयलकोटी  लाई खादा लगाई सफल कार्यकालको शुभकामना सहित बधाई तथा शुभकामना दिएको थियो ।

गुठीको प्रगति विवरण सचिव विजय लामा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विक्रम लामाले प्रस्तुत गरेको थियो  । साथै  नव प्रवेशि गुठियार राजु लामा, विमला लामा , चन्द्र बहादुर स्याङ्तानलाई खादा लगाई स्वागत गरेको थियोे ।

गुठीका अध्यक्ष सुरज लामा रुम्बाको सभापतित्वमा भएको कार्यक्रममा गुठियार समाजसेवी बिशिस्ट व्यक्तित्व पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित भएको : September 26th, 2022

सम्वन्धित समाचारहरु