• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


बौद्ध तामाङ कल्याण गुठीमा जयमंगल लामाको नेतृत्व


नेपाली अपडेट
मङ्लबार, अशोज ११, २०७९
 

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको छैठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभाबाट जयमंगल लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

सल्लाहकार एवं अधिवेशन तयारी समिति संयोजक देव कुमार लामा ,सदस्यहरु सम्पूर्ण कुमार लामा , श्रीमती माया डोल्मा लामाको रहेको निर्वाचन समिति मण्डलले गुठियारहरुको सर्वसम्मतबाट वरिष्ठ उपाध्यक्षमा मोहन कुमार लामा र सोनाम लामा , उपाध्यक्षमा नुर्वु लामा र बिष्णु लामा, सचिव धर्म वीर लामा कोषाध्यक्ष, श्रीजन लामा, सह कोषाध्यक्ष कर्म फेन्जो लामा, सदस्यहरु गंगा लामा, गंगा लामा शाक्य,लालबहादुर लामा कृष्णबहादुर ,लामा दिपेन्द्र लामा , कमल लामा ,चन्द्र जीत लामा,लाक्पा लामा लोप्चन,विशाल लामा ,सुमित लामा राम लामा , सुजन लामा, राजेश पाण्डे निर्विरोध निर्वाचित हुनु भएको छ।

प्रमुख वरिष्ठ लामा श्री पुर्ण बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशेष अतिथिमा ३ नं प्रदेश सभासद् छिरिङ दोर्जे लामा, का.म.न.पा ६ वडा अध्यक्ष श्री भुवन लामा ,सल्लाहकार एवं पुर्व राजदुत ड गणेश योन्जन, पुर्व बौद्ध नाथ क्षेत्र विकास समिति कार्यकारिणी निर्देशक बसन्त लामा,गुठीका कानुनी सल्लाहकार विक्रम राई सल्लाहकार एवं अधिवेशन तयारी समिति देव कुमार लामा ,सदस्यहरु सम्पूर्ण लामा ,अतिथिहरु ओम् तामाङ सुखदुःख गुठी अध्यक्ष सुरज लामा छोरङान महिला समाज माया लामा , छ्योर्तेन पत्रिका प्रधान सम्पादक वीर बहादुर लामा , श्रीमती माया डोल्मा , पत्रकार, समाजसेवी, गुठियारहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागत मन्तव्य सचिव सुरेन्द्र लामा र प्रगति विवरण सुरेन्द्र लामाले प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथि पुर्ण लामा ज्यूबाट दिप प्रज्ज्वलन सहित कार्यक्रम समुद्घाटन गरिएको कार्यक्रममा दिवंगत गुठीयार सदस्यहरुको सम्झनामा एक मिनेट मौन धारण राष्ट्रिय गानबाट कार्यक्रम सुरुवात गरिएको थियो।

आर्थिक प्रतिवेदन आ व २०७८/७९बजेट २०७९/००८० कोषाध्यक्ष संजय लामाले प्रस्तुत गरेको थियो भने कार्यक्रम संचालक सल्लाहकार एवं गुठीका सल्लाहकार टासी कुमार लामा ,ब्याज तथा खादा वितरण श्रीमती माया लामा र गंगा लामा, मंगल पाठ (टासी ग्योप)ढिमे वाईबा विजय लामा लगायतका लामा गुरुहरुले गर्नु भएको थियो ।
सम्मानित व्यक्तिहरु समीर लामा श्रीती गुरुङ रिग्जेन लामा अर्चित थिङ कुशल लामा अमृता लामा पूर्णिमा लामा लगायतका बिद्यार्थीहरुलाई सम्मान पत्र नगदले सम्मान गरिएको थियो । कार्यक्रमका सभापति गुठीका अध्यक्ष खड्ग जित लामाबाट धन्यवाद सहित पहिलो उद्घाटन सत्र बाट बन्द सत्रमा प्रवेशको निम्ति सभा विसर्जन गर्नु भई पुरानो समिति भंग गरिएको थियो ।

प्रकाशित भएको : September 27th, 2022

सम्वन्धित समाचारहरु