• आइतवार, जेष्ठ ६, २०८१
  • | May 19, 2024


निर्वाचनको सुरक्षा तयारी


नेपाली अपडेट
सोमवार, कार्तिक २८, २०७९
 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन ।

उनीले भक्तपुरमा निर्वाचनका लागि २ हजार २ सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उनले बताईन । सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताए । भक्तपुरमा ७६ मतदानस्थलमा २ सय १९ मतदान केन्द्र छन ।

जिल्लामा कूल १ लाख ९२ हजार ३ सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार ८ सय ३९ पुरुष र ५१ हजार ४ सय २२ महिला गरी १ लाख १ हजार २ सय ६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार ८ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार १ सय ११ मतदाता छन ।

प्रकाशित भएको : November 14th, 2022

सम्वन्धित समाचारहरु