• आइतवार, जेष्ठ ६, २०८१
  • | May 19, 2024


मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


नेपाली अपडेट
मङ्लबार, कार्तिक २९, २०७९
 

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४ सय ३६ जनालाई एकदिने तालिम दिइएको हो ।

जिल्लाका २ सय १० मतदान केन्द्रमा खटिने ४ सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी ४ सय ३६ जनालाई तालिम दिइएको हो । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो ।

उनले उनले भने– ‘मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदानपश्चात् मतपेटिका सिल गर्नेबारे र मतदानको दिनभन्दा अगाडि सर्वदलीय बैठक बोलाउने लगायत विषयमा जानकारी गराइएको छ ।’ तालिमपश्चात् मंगलबार कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइँदैछन् ।

निर्वाचनमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मङ्सिर १ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नेछन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरी जिल्लामा १ हजार ६ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो ।

निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाएको छ । बैतडीमा १ सय २९ मतदानस्थलमा २ सय १० मतदान केन्द्र छन् । यसका साथै एउटा अस्थायी मतदानकेन्द्र पनि तोकिएको छ ।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको जिल्लामा १ लाख ५० हजार १ सय ५६ मतदाता छन् । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाको दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित भएको : November 15th, 2022

सम्वन्धित समाचारहरु