• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


मुस्ताङमा कांग्रेसका योगेश विजयी


नेपाली अपडेट
सोमवार, मंसिर ५, २०७९
 

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा ९एमाले०का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले ३ हजार ९ सय ९२ र एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।

आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० अर्थात् ६५.९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नेछन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् ।

 

प्रकाशित भएको : November 21st, 2022

सम्वन्धित समाचारहरु