• बिहिबार, बैशाख ६, २०८१
  • | April 18, 2024


खोटाङमा माओवादीका राईको अग्रता


नेपाली अपडेट
मङ्लबार, मंसिर ६, २०७९
 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङमा मतगणना जारी छ । मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ले सुरुआती चरणमा अग्रता लिएका छन् ।

राई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री छन् । मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार राति १ः३० बजेसम्म ५०० मत गणना हुँदा राईले २३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का विशाल भट्टराईले २२४ मत प्राप्त गरेका छन् ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राईले ५ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा) का डा कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, र नेपाल मङ्गोल अर्गनाइजेसन पार्टीका दीपक मगरले २–२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको १ र प्रदेशसभा २ क्षेत्रको मतगणना फरक–फरक स्थानमा गरिएको छ । १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३ सय ७३ अर्थात् ४७.१८ प्रतिशत मत खसेको छ ।

प्रकाशित भएको : November 22nd, 2022

सम्वन्धित समाचारहरु