• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?


नेपाली अपडेट
मङ्लबार, मंसिर ६, २०७९
 

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र) ले ८ हजार ४ सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ७ सय ४७, जनता समाज पार्टीले ४ हजार १७ र अन्यले ८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।

यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ३ हजार ९ सय ५०, एमालेले ३ हजार ९ सय २४, जनमत पार्टीले ३ हजार ५ सय ७४, माओवादी केन्द्रले १ हजार ९ सय ४४, जसपाले १ हजार ९ सय २५ र अन्यले ५ हजार ४ सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ११ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार ७ सय ८६, राप्रपाले ७ हजार १ सय ५०, माओवादी केन्द्रले ५ हजार १ सय ६७, नेपाल मजदुर किसान पार्टीले ४ हजार १ सय ९६ र अन्यले ३ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ १९ हजार ७ सय ८९, कांग्रेसले १४ हजार १ सय ४९, माओवादी केन्द्र ४ हजार ३ सय ५७, राप्रपा ३ हजार ८ सय २०, हाम्रो नेपाली पार्टी १ हजार ७ सय १८ र अन्यले ३ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ २५ हजार १ सय २९, कांग्रेसले १७ हजार ४ सय ७४, माओवादी केन्द्रले ९ हजार २ सय ४३, राप्रपाले ५ हजार ७ सय १३, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ४ सय ७४ र अन्यले ८ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले ३ सय ४३, एमालेले १ सय ७९, राप्रपाले ७०, हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।

 

प्रकाशित भएको : November 22nd, 2022

सम्वन्धित समाचारहरु