• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


सांसद शान्ता चौधरी टाइ र कोटमा विद्यार्थी बनेर कलेज गइन्


नेपाली अपडेट
सोमवार, पुस १४, २०७६
 

१३ पुष २०७६ आइतबार,

काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन् । सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् ।

उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् । उनले लेखेकी छन्, ‘याँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरू अधुरा थिए, तिनै सपनाहरू आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु ।’ सांसद चौधरीले यसैवर्ष एसईई उत्तीर्ण गरेकी थिइन् ।

सांसद शान्ता चौधरीको फेस्बुकमा Upload  भएको फोटो ।

प्रकाशित भएको : December 30th, 2019

सम्वन्धित समाचारहरु