• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बौद्धमा खुल्यो बज्रबल


नेपाली अपडेट
मङ्लबार, मंसिर १३, २०७९
 

 

बौद्धमा खुल्यो बज्रबल क्याफे

काठमाडौं, १२ मंसिर । पर्यटकीय क्षेत्र बौद्ध स्तुपा काठमाडौ महानगरपालिका-६ बौद्धमा नयाँ क्याफे खुलेको छ ।

शहरमा टिपिकल नाम र फरक पहिचान सहित व्यवसाय सुरु गर्ने व्यवसायीको रुपमा बज्रबल क्याफे र यसका संचालकद्वय नवीन बज्र लामा र बिपिन लामा पनि देखिएका छन् । बौद्धको अमिताभ मार्ग, महाङ्काल मोडमा रहेको क्याफे सोमबारदेखि संचालनमा आएको हो ।

नेपाली तथा विदेशी पर्यटक एवं क्याफे पारखीहरुलाई लक्षित गरी खोलिएको क्याफेमा २ करोड लगानी रहेको संचालक नवीन बज्र लामाले बताए । उनका अनुसार क्याफेमा आउने पाहुना अर्थात ग्राहकले पारिवारिक वातावरणमा रमाइलो गर्दै मनोरम दृश्यको साथमा उत्कृष्ट परिकार अर्डर गरी खान पाउनेछन् ।

यहाँको मूल्य पनि सरल र बजार सुहाउँदो रहेको र मेनुमा रहेका हरेक परिकार आफ्नो स्वाद अनुसार ग्राहकले अर्डर गर्न सक्ने अर्का संचालक बिपिन लामाले बताए ।

 

 

अन्तिम पटक अपडेट गरिएको : November 30th, 2022,

सम्वन्धित समाचारहरु