• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित


नेपाली अपडेट
सोमवार, मंसिर १९, २०७९
 

दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका बीचमा ३ सय १७ मतान्तर रहेको छ । दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थियो । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार ३ सय ८८ खसेको थियोे ।

प्रकाशित भएको : December 5th, 2022

सम्वन्धित समाचारहरु