
प्रभात लामा रसुवा
रसुवा । हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा श्री सरस्वती आधारभुत विद्यालयमा चिलिमेमा सञ्चालित आमाछोदिङमो गाउँपालिका स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
चित्रकला प्रतियोगितामा गाउपालिका भित्रका श्री हाकु मा.वि. ठुलोहाकु, श्री पार्वतीकुण्ड मा.वि. गोल्जुङ, श्री नेपाल राष्ट्रिय मा.वि. गतलाङ, श्री सरस्वती आधारभूत विद्यालय चिलिमे, श्री हाकुबेंसी आधारभूत विद्यालय हाकुबेंसी, श्री ग्रे आधारभूत विद्यालय ग्रे, गरि १० वटा विद्यालयका छात्र छात्राहरु सहभागी थिए । प्रतियोगिता ३ तहमा सञ्चालन भएको थियो । विजेता हुने विद्यालयहरु प्रा.वि. तहमा तृतीय श्री द्वितीय श्री प्रथम श्री हाकु मा.वि. ठुलोहाकु निम्नमाध्यमिक तहमा तृतीय श्री द्वितीय श्री हाकु मा.वि. ठुलोहाकु, प्रथम माध्यमिक तहमा तृतीय श्री हाकु मा.वि. ठुलोहाकु द्वितीय श्री प्रथम श्री भएका थिए । कार्यक्रममा विजेता विद्यालयका छात्र छात्राहरुलाइ आमाछोदिङमो गाउपालिकाका उपाध्यक्ष चण्डिका तमाङ र प्रमुख प्रशासकीय अधिकृत अमर जि.सि.ले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन प्रतियोगितामा भाग लिने भाइ बहिनिहरु सबै विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक साथीहरू लगायत कर्मचारी मित्रहरु र निमन्त्रणालाई स्विकार गरि कार्यक्रमको शोभा बढाउनुका साथै हौसला प्रदान गरिदिनुहुने सबैलाइ गाउपालिकाको तर्फबाट गाउँपालिका प्रमुख बुचुङ तामाङले हार्दिक धन्यवाद प्रकट गर्नु भएको छ!