
प्रभात लामा रसुवा।हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउपालिका कृषि सेवा शाखाको आयोजनामा हिउँदे फलफूल विरुवा रोपन तथा काँटछाँट सम्बन्धि पालिका स्तरीय ३ दिने तालीम सम्पन्न भएको छ ।
आमाछोदिङमो गाउँपालिका कृषि सेवा शाखाको प्रमुख श्री भिम दाहालदुरा आमाछोदिङमो गाउँपालिका वडा -१ देखि वडा-५ सम्मका कृषकहरु विशेष गरि स्याउ खेती तथा हिउँदे फलफुल बिरुवा रोपन तथा काँटछाँट प्रशिक्षण गरि कृषकहरुको उज्ज्वल भविस्यको लागि पालिका स्तरीय कार्यक्रम राखेको साथै फलफूल बिरुवा रोपन तथा काँटछाँट गर्न विभिन्न किसिमको औजारहरु प्रयोग गरि फिल्ड नै क्रियाकलाप समेत गरेको थियो भने स्याउको बिरुवा रोग लाग्नबाट बाँच्नको लागि औसधिहरु लागाउने तरीका समेत स्याउ बारीम सिकाउनु भएको थियोे ,
यसै कार्यक्रममा आमाछोदिङमो गाउपालिका कृषि सेवा शाखा रसुवा र पालिका,पालिका उपप्रमुख, कर्मचारीहरु हिउँदे फलफूल विरुद्ध रोपन तथा काँटछाँट पालिका स्तरीय कार्यक्रम वडा -३ गत्लाङमा संचालन गरेको धन्यवाद सहित कृषकहरुलाई उज्ज्वल फलफूल उत्पदनको कामना सहित अध्यक्ष सुरेन्द्र तामाङले आगामी दिनमा राम्रो बजेट विनियोजनको माग समेत गरिएको थियोे !
आमाछोदिङमो गाउँपालिका उपप्रमुख चण्डिका तामाङ र कृषि शाखा प्रमुख भिम दाहलदुरा वडा-१ देखि वडा-५ सम्मको स्याउ कृषकहरुलाई हिउँदे फलफूल विरुद्ध रोपन तथा काँटछाँट गर्न विभिन्न किसिमको औजार तथा औसधिहरु वितरण गरि तीन दिनको तालिममा उपप्रमुख तामाङदुरा कार्यक्रम मिति २०७९-०९-२२-२४ गते सप्पन्न भएको जानकारी दिए !