• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


ह्योल्मो किदुक घुम दार्जिलिङले बौद्धमा काँग्युर त्रिपिटक


नेपाली अपडेट
सोमवार, पुस २५, २०७९
 

काठमाडौं । ह्योल्मो किदुक घुम दार्जिलिङको आयोजनामा र स्थानीय संघ संस्थाको सहभागितामा बौद्ध परिसरमा २०७९ पौष १९ देखि २२ गते सम्म चारदिने बौद्ध धर्म ग्रन्थ” काँग्यूर त्रिपिटक” वाचन कार्यक्रम समापन गरिएको छ।

श्रद्धेय बौद्ध धर्म गुरु डवाङ तेन्जिङ रेम्बोर्छेको बहुमुल्य बाट भएको कार्यक्रममा विभिन्न तह तप्काका बौद्ध धर्म गुरुहरु, उपासक , उपासिकहरुको उल्लेख्य सहभागी रहेको संस्थाका पेमा लामाले जानकारी दिनुभएको थियो ।

महाकरुणिक शाक्य मुनि बुद्धको जन्म भुमि नेपाल बौद्ध परम्पराका उत्तरोत्तर प्रगति एवम् महाभावहरुको दीर्घार्युको कामना सहित ब्रम्हाण्डमा रहेको सम्पूर्ण प्राणी जगतको रक्षा मानव कल्याण तथा बिश्व शान्तिका कामनाका साथ बिश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध झ्यारुङ खस्योर छोर्तेनमा गरिएको कार्यक्रमले सम्पूर्ण प्राणी जगतको मंगलको उदेश्य कामना सहित कार्यक्रम गरिएको पुर्व  बौद्ध नाथ क्षेत्र विकास समितिका कार्यकारिणी सदस्य सचिव  समाजसेवी  बसन्त लामा (लो)  बताउनुभएको थियो ।

संस्थाले काठमाडौं क्षेत्र नं ३ क प्रदेश संसद छिरिङ दोर्जे लामा ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रमलाई सफलता पुर्ण तरिकाले सफल बनाउन सहयोग गर्ने संघ संस्थाहरु लगायत विभिन्न समाजसेवीहरुलाई उपहारस्वरूप मायाको चिनो सम्मान पत्रले एक समारोहबीच सम्मानित गरिएर कार्यक्रम समापन गररिहेको थियो ।

 

प्रकाशित भएको : January 9th, 2023

सम्वन्धित समाचारहरु