• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


सानु वाईबाको डम्फू ताक्धिक तालैमा सार्वजनिक


नेपाली अपडेट
शनिबार, पुस ३०, २०७९
 

काठमाडौं।”परदेशमा बस्ने ए हजुर” गीतका चर्चित तामाङ सेलो गायिका सानू वाईवा तामाङले चार बर्ष पछि स्रोतहरुको मायालाई सम्झेर आफ्नो स्वरमा सजिएको नयाँ गीत ” डम्फूको ताक्धिन तालैमा “नयाँ एल्बम Youtube मर्फत सार्वजनिक गरिएको छ।
बिदेशमा रहेर पनि आफ्नो देशको नेपाली कला संस्कृतिलाई संरक्षण सम्बर्द्धनका लागि पर्ने कलाकार मध्ये सानू वाईबा पनि एक हुन्। डम्फूको ताक्धिङ लण्डनको Stainwell studio मा रेकर्डिङ गरिएको गीतको शब्द संगीत सुसन लामा एरेञ्जर फणीन्द्र राई मिक्सिङ सुमन खड्का रहेको गीत Jime Media Production को अफिसियल Youtube मार्फत सार्वजनिक गरिएको छ।

स्रोतहरुले उहाँको पहिलो एल्बम पहिलो हिमालकी छोरी दोस्रो ” सफलता “तेस्रो एल्बम करुणा निकै नै मनपराउनु भएको थियो त्यसैगरी यश एल्बमलाई पनि मनपराउनु भई सल्लाह सुझाव र प्रतिक्रिया दिनु हुन कलाकारले समाजिक संजाल मार्फत अनुरोध गरेका छन्।

प्रकाशित भएको : January 14th, 2023

सम्वन्धित समाचारहरु