• बिहिबार, बैशाख २७, २०८१
  • | May 9, 2024


नुवाकोट नेपाल तामाङ घेदुङ शिवपुरी गाउँ पालिको आयोजनामा २८५९ औं ह्योई ल्हो सोनाम ल्होछार


नेपाली अपडेट
मङ्लबार, माघ २४, २०७९
 

नुवाकोट । नेपाल तामाङ घेदुङ शिवपुरी गाउँ पालिको आयोजनामा २८५९ औं ह्योई ल्हो सोनाम ल्होछार बिशेष शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकासाथ शेरबगरमा स्थित सम्पन्न गरिएको छ।

पुर्व युवा तथा खेलकुद मन्त्री एवं संघिय सांसद माननीय हित बहादुर तामाङ ज्युको प्रमुख आतिथ्यतामा  सम्पन्न  भएको कार्यक्रममा  विशिष्ट अतिथमा बागमती प्रदेश सांसद एवं निवर्तमान उपसभामुख माननीय राधिका तामाङ,विशेष  अतिथिमा ,गाउपालिका अध्यक्ष गोबिन्द प्रसाद थपोलिया उपाध्यक्ष वीर बहादुर तामाङ, उपाध्यक्ष बिमला केसि नेपाल, आठै वडाका वडा अध्यक्ष ज्युहरु,कार्यपालिका सदस्य ,गाउसभाका सदस्य घेदुङ संघिय सचिव जयमान वाइबा ,संघिय महिला घेदुङ अध्यक्ष संगिता तामाङ,घेदुङ केन्द्रिय सदस्री द्वय निर्मल तामाङ ज्यु र सुनिता थोकर, संघिय युवा घेदुङ सचिव मिलन घिसिङ, गाउपालिका स्थित विभिन्न राजनीतिक दलका नेता,स्थानीय संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी विद्यार्थी लगायतको बाक्लो  उपस्थिती रहेको थियो।

कार्यक्रमा स्थानीय लामा गुरु,बोम्बो,लापतापाहरुको साङ्ग सेर्गेम मन्त्र वचन, साथै खेलाडी स्थानीय बिद्यालयका विद्यार्थी भाइ बहिनिहरुको नित्य कलाको  प्रस्तुती रहेको कार्यक्रममा ,स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको बेजोडको प्रस्तुतीमा स्थानीय दर्शकहरु रमाइलो गरि नाच्दै  रमाएका थियो । आयोजकको तर्फबाट कार्यक्रममा सम्मान पत्र वितरण गरेर   उपस्थित हुनु भएका सम्पुर्ण जनसमुदाय हरुलाइ विशेष धन्यवाद ब्यक्त गरेको थियो ।

प्रकाशित भएको : February 7th, 2023

सम्वन्धित समाचारहरु