• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


बौद्ध ज्येष्ठ नागरिक समाजको वार्षिक साधारणसभा सम्पन्न


नेपाली अपडेट
बिहिबार, माघ २६, २०७९
 

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी स्थित ज्येष्ठ नागरिक समाजको वार्षिक साधारणसभा एक औपचारिक कार्यक्रमकासाथ भव्यरुपले सम्पन्न भएको छ।

वरिष्ठ लामा नरे लामााको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  समाजका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । संस्था २०७७ साल मघ २० गते विधिवत रुपले दर्ता भई विभिन्न स्थानीय कार्यक्रम लगायत ज्येष्ठ नागरिकहरुलाई समेटिएर विभिन्न कार्यहरु गर्दै आईरहेको छ।

समाजका अध्यक्ष जयमंगल लामाको सभापतित्वमा भएको    उक्त कार्यक्रममा समाजका उपाध्यक्ष रत्न बज्र लामाले उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कोषाध्यक्ष वीर बहादुर लामाले वार्षिक आर्थिक प्रतिवेदन र सचिव टासी कुमार लामाले वार्षिक  कार्य  प्रगति प्रस्तुत गरेको थियो ।समाजले वरिष्ठ लामा नरे लामा सम्मान पत्रले सम्मानित गरिएको थियो ।

प्रकाशित भएको : February 9th, 2023

सम्वन्धित समाचारहरु