• बिहिबार, अशोज ३, २०८१
  • | September 19, 2024


दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न अस्पताल निर्माण


नेपाली अपडेट
शुक्रबार, माघ २७, २०७९
 

दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ ।

सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ ।

नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट रु ७ करोड ११ लाखको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताए ।

जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग लाग्दा नुवाकोटको त्रिशूली एवं काठमाडौं जानुपर्ने अवस्था छ । अस्पताल निर्माणपछि स्थानीयलाई सहज हुनेछ ।

प्रकाशित भएको : February 10th, 2023

सम्वन्धित समाचारहरु