बिहिबार, फाल्गुन ४, २०७९
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बिहीबार भारत प्रस्थान गरेका छन् ।
भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औं अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा छन् । प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रकाशित भएको : February 16th, 2023