• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले मनायो ल्होछार


नेपाली अपडेट
सोमवार, फाल्गुन ८, २०७९
 

काठमाडौं । ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले मन्जुश्री सम्बत २८५९, सोनाम ल्होछार (ह्योई/तावर ल्हो) को अवसरमा मिति २०७९ फागुन ६ गते शनिबार काठमाडौंको महाराजगन्ज स्थिति रोयल दरवार भेन्यु, पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम पुर्ब सांसद तथा दोलखा जिल्लाकै राजनीतिक अभिभावक जीतबीर लामाको प्रमुख अतिथ्यतामा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाको महासचिव छेवाङ तेन्जिङ लामाले । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य संस्थाको महिला उपाध्यक्ष कुमारी मोक्तानले दिनुभएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि बागमती प्रदेश सांसद माननीय ज्ञान बहादुर तामाङ, विशेष अतितिहरुमा संघीय सांसद माननीय ईश्वारी रिजाल, पुर्ब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल, पुर्ब सूचना प्रबिधि तथा संचार मन्त्री पार्बत गुरुङ, पुर्ब प्रतिनिधि सभा सांसद तथा संस्थाका सल्लाहकार शान्ति पाख्रीन, पुर्ब प्रदेश सांसद तथा संस्थाका सल्लाहकार हिमाली गोले, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, कोषअध्यक्ष रुप योन्जन तथा पुर्ब प्रहरी बिशिस्ट अधिकारी एआईजिपी बसन्त लामाको उपस्थिति थियो ।

त्यस्तै अतिथिहरुमा सामाजिक, राजनीति ब्यक्तितब श्याम बस्नेत, बालकृष्ण शिबकोटी, राम प्रसाद रिमाल लगायत मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङ, मेलुङ गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष बसन्त लामा, वडा नं. ४ वडा अध्यक्ष सोम बम्जन, बिगु गाउँ पालिका वडा नं. ३ वडा अध्यक्ष ढाल बहादुर तामाङ, वडा नं. १ वडा अध्यक्ष मेम बहादुर तामाङ, संस्थाका सल्लाहकारज्युहरु हर्कमान तामाङ, शंकर लामा, नर पाख्रीन, सल्लाहकार तथा अधिबक्ता रमेश कुमार पाख्रीन, जित बहादुर पाख्रीन, लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङ, वडा अध्यक्षहरुको तर्फबाट वडा अध्यक्ष ढाल बहादुर तामाङ, पुर्ब एआईजिपी बसन्त लामा, दोलखा माघापौवा तामाङ समाजका उपाध्यक्ष, संस्थाको सल्लाहकार तथा नेकपा माओवादीका केन्द्रका केन्द्रिय सदस्य शंकर लामा, संघीय सांसद तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य ईश्वरी रिजाल, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले र प्रमुख अतिथि जीत वीर लामाले दिनुभएको थियो । कार्यक्रममा अनुउपस्थिति रहेता पनि दोलखाका प्रत्यक्ष संघीय सांसद माननीय गंगा कार्की, प्रत्यक्ष प्रदेश सांसद माननीय कुन्दन काफ्ले, प्रदेश समानुपातिक सांसद ठुला थामी, उर्मिला सुनुवार, पुर्ब मन्त्री सरस्वती बस्नेत, रचना खड्का, नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली काँग्रेसको पुर्ब सभापति रुद्र खड्का, बर्तमान सभापति तथा सस्थाको सल्लाहकार बर्मा लामाले शुभकामना सन्देश पठाउनु भएको थियो ।

ह्याङला दोलखा-काठमाडौं तामाङ समाजले बिगत देखिनै विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आईरहेको छ र थियो । बिचमा कोभिड महामारीको कारणले बिश्वमा नै मानव समाजलाई आक्रान्त पारेर संसारलाई नै लकडाउन गराउनु पर्ने अवस्थामा पुर्‍यायो । त्यसकारण संसारभर नै करिब यो तीन बर्षसम्म कुनैपनि संघ संस्थाले केहि कहि कतैपनि कार्यक्रमहरु गर्न पाएको थिएन ।

यसपटकको कार्यक्रम संयोजक संस्थाको वरिष्ठ उपाध्यक्ष रामकृष्ण लो तामाङ हुनुहुन्थ्यो भने कार्यक्रमको मुख्य प्रायोजक द बर्गर हाउस एन्ड क्रन्ची चिकेन फ्राइड थियो । आर्थिक सहयोगी संस्थाहरु आडियल यमुना ॠत तथा बचत सहकारी संस्था, एन पी पी फुट सर्भिस लगायत विभिन्न आर्थिक सहयोगी मन भएका ब्यक्ति ब्यक्तित्वहरु हुनुहुन्थ्यो ।

कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने मिडिया पाटनर शैलुङ अनलाइन, गीत संगित टिभी तथा सम्पुर्ण कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।

अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सरोज मोहन लामाले कार्यक्रम सम्पन्न गर्न अहोरात खटिएका विभिन्न जिम्मेवारी सम्हालेका संस्थाका सबै पदाधिकारीहरु, कार्यसमितिका सम्पुर्ण सदस्यहरु, प्रायोजक बर्गर हाउस एन्ड क्रन्ची चिकेन फ्राइड लगायत आर्थिक सहयोगी संस्थाहरु तथा ब्यक्तिहरु, मिडिया पाटनरहरु तथा पत्रकारहरु, कलाकारहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पुर्ण व्यक्त तथा संस्थाहरुलाई र निमन्त्रणालाई स्वीकार गरि कार्यक्रमलाई भब्य तथा सभ्य बनाउन उपस्तिथि हुनुहुने सम्पुर्ण आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सबैमा हार्दिक आभार, कृतज्ञता प्रकट गर्दै धन्यवाद ग्यापन गरि कार्यक्रम समापन गरिएको थियो ।

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको सम्पुर्ण परिवार ।

प्रकाशित भएको : February 20th, 2023

सम्वन्धित समाचारहरु