आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पुँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२.६२५ प्रतिशतअर्थात् रु २ करोड ३ लाख ३८ हजार बराबरको प्रतिशेयर रु १ सय दरका १ लाख ३ हजार ३ सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
जसमध्ये २० हजार ३ सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार १ सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार १ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ६९ हजार ७ सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।