• बिहिबार, बैशाख ६, २०८१
  • | April 18, 2024


बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार मनोज हितंगाको मृत्यु


नेपाली अपडेट
आइतवार, फाल्गुन १४, २०७९
 

बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

शनिबार राति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र उपचारको क्रममा निधन भएको हो । हितंगा लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए ।

उनी पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । हितंगाका बुवा, श्रीमती र २ भाइ छन् ।

प्रकाशित भएको : February 26th, 2023

सम्वन्धित समाचारहरु