• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।दिउँसो १ बजेदेखि सर्लाहीका उँखु वृहत प्रदर्शन गर्ने भएको छ ।


नेपाली अपडेट
मङ्लबार, पुस १५, २०७६
 

१५ पौष २०७६ मंगलबार

कृषि प्रधान देश भनेर चिनिएको नेपालको असली हिरो किसानको पक्षमा काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।
आज (मँगलबार) दिउँसो १ बजेदेखि सर्लाहीका उँखु किसानको समर्थन तथा न्यायको लागि माईतीघरमा वृहत प्रदर्शन गर्ने भएको छ । गैर सरकारी सँस्था तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा गरिने ध्यानाकर्षण प्रदर्शनमा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ ।
सर्लाहीका उँखु किसानहरुको अवस्था दयनीय तथा आत्महत्या गर्नुपर्ने अवस्था सृजना भएको भन्दै उनीहरुको न्यायको लागि प्रदर्शनमा साथ दिन आग्रह गरिएको छ । सर्लाहीका उँखु किसानको करौडौंको रकम लिएर सर्लाहीको अन्नपूर्ण उँखु मिलका सँचालक राकेश अग्रवाल बेपत्ता भएपछि अवस्था दयनीय सृजना भएको छ ।

उँखु मिलबालाहरुले विगत ७ वर्षदेखि खुन पसिना बगाएर उब्जाएको उँखुको पैसा नदिएपछि घर परिवार पनि चलाउन धौधौ भएको छ । उँखु खेती गर्न ऋण काढेर लिएको रकम समेत फिर्ता गर्न नसकेर आत्महत्या गर्ने अवस्था सृजना भएको भन्दै टिएमएनसीले सरकारलाई आँखा खुलाउन वृहत प्रर्दशनको आयोजना गरेको हो ।
देशको असल हिरो यि किसानहरु हुन् जसले आफ्नो खुन(पसिना बगाएर हाम्रो लागि अन्न उत्पादन गर्छ तर आज यिनै किसानहरुको पैसा राकेश अग्रवाल जस्तो ठग व्यापारीले ठगेर फरार भएका छन् । उसलाई कार्यवाही गर्न राज्यको बाँया हातको खेल हो तर उल्टै उसलाई संरक्षण दिएको बुझिन्छ । आज देशको असल हिरो यि पिडित किसानहरु लाई हामी–तपाईको साथ र सहयोग चाहिएको छ । “कृषकहरूले आत्महत्या गर्नुपर्ने परिस्थिति बन्दैछ, सरकार छिटो आँखा उघार ”– भन्दै टिएमएनसीले वृहत प्रदर्शनमा सहभागी हुन अपिल गरेको हो ।

प्रकाशित भएको : December 31st, 2019

सम्वन्धित समाचारहरु