• बुधबार, मंसिर २६, २०८१
  • | December 11, 2024


एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट


नेपाली अपडेट
आइतवार, फाल्गुन १४, २०७९
 

एशियन हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता साधारण निष्कासन गरेको थियो । उक्त आईपीओमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आवेदन परेको थियो ।

जसमध्ये ६ हजार ५०२ आवेदन रद्द भएको भएर बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

यसरी बाँडफाँट हुँदा ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कात्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रकाशित भएको : February 26th, 2023

सम्वन्धित समाचारहरु