आइतवार, फाल्गुन १४, २०७९
काठमाडौं उपत्यकामा आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण आइतबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ ।
यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ । लामो समयसम्म काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।
प्रकाशित भएको : February 26th, 2023