• बुधबार, मंसिर २६, २०८१
  • | December 11, 2024


आज न्यायाधीश मल्ल र चुडालको इजलासले सन्दीप लामिछानेसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने


नेपाली अपडेट
सोमवार, फाल्गुन १५, २०७९
 

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदन आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ ।

दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो । बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबार लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए । लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन् ।

महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो ।

उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

प्रकाशित भएको : February 27th, 2023

सम्वन्धित समाचारहरु