सोमवार, फाल्गुन १५, २०७९
नेकपा (एमाले) ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
गएको पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो ।
तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाए । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको हो ।
प्रकाशित भएको : February 27th, 2023