• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन


नेपाली अपडेट
बुधबार, फाल्गुन १७, २०७९
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन् ।

यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन् ।

लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित भएको : March 1st, 2023

सम्वन्धित समाचारहरु