• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने


नेपाली अपडेट
बुधबार, फाल्गुन १७, २०७९
 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए ।

‘प्रधानमन्त्रीले उचित समयमा विश्वासको मत लिनुहुन्छ। प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको छ,’ उनले भने,‘प्रतिनिधि सभा बैठकको मितिका कारणले समेत राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिइँदैन भन्ने हो ।’

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।

कांग्रेस र नेकपा (एमाले) दुबैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मको लागि सरेको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए । तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

 

 

प्रकाशित भएको : March 1st, 2023

सम्वन्धित समाचारहरु