• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने


नेपाली अपडेट
बिहिबार, फाल्गुन १८, २०७९
 

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबारबाट सर्वसाधारणका लागि आईपीओ निस्कासन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि अब सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रूपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले लघुवित्तको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २ गतेसम्म लम्बिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित भएको : March 2nd, 2023

सम्वन्धित समाचारहरु