• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


तराईमा होली पर्व मनाइँदै


नेपाली अपडेट
मङ्लबार, फाल्गुन २३, २०७९
 

फागुपूर्णिमा अर्थात होली पर्व मंगलबार तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ ।

यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

प्रकाशित भएको : March 7th, 2023

सम्वन्धित समाचारहरु