• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


जनताका मौलिकहक अधिकार खानेपानी विधेयकले संरक्षण गर्छ : खानेपानी मन्त्री


नेपाली अपडेट
मङ्लबार, पुस १५, २०७६
 

१५ पौष २०७६ मंगलवार

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आज सोमबार राजधानीमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था विषयक’ राष्ट्रिय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले आम जनताका समस्यालाई समाधान गर्न खानेपानी विधेयक बढी केन्द्रित रहेको बताएकी हुन् ।

‘खानेपानी ऐन जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ ।’ उनले भने, ‘जनताका समस्या र आवश्यकतालाई ध्यानमा राखेर ऐन बनाएका छौं । खानेपानीको क्षेत्रमा हामी कहाँ स्रोतको अधिकारको विषयलाई लिएर धेरै विवादहरु आएका छन् । खानेपानीको मुहान स्रोतको अधिकारका विषयमा विधेयकमा स्पष्ट व्यवस्था गरिएको छ । यसले त्यो समस्या हल गर्नेछ ।’

‘व्यक्तिको पहुँचका भरमा हाम्रा खानेपानीका आयोजनाहरु तयार भए । तर जनताको आवश्यकताका बारेमा कसैले ध्यान दिएको पाइएन, उनले थप जोड दिँदै भनिन्, ‘अब हामीले आवश्यकताको आधारमा मात्र योजना बनाउँछौं । स्थानीय तह, प्रदेश र संघीय सरकार आपसमा समन्वय गरेर मात्र गुरु योजना तयार गर्छौं ।’

खानेपानी मन्त्री मगरले विकेन्द्रित भएका समस्याहरुलाई केन्द्रित गरेर समाधानको बाटो खोज्ने तयारी मन्त्रालयले गरिरहेको बताइन् । उनले सिंचाईमा जस्तै आम जनताले उपभोग गर्ने खानेपानीमा बिजुली महसुल (डिमाण्ड चार्ज) मा छुट दिन मन्त्रालय लागिरहेको स्पष्ट पारिन् ।

कार्यक्रममा वरिष्ठ संविधान एवं प्रशासन विज्ञ काशिराज दाहालले पानीको स्रोतको संरक्षण गर्ने विषयमा भविष्यमा विवाद आउन सक्ने भएकाले यो विषयलाई विधेयकमा स्पष्ट पार्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा उपस्थित खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले स्थानीय तह र उपभोक्ता संस्थाहरुबीच खानेपानी आयोजनाका विषयमा विवाद बढ्दै गईरहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले खानेपानीमा सिंचाई जस्तै विद्युत महसुलमा आधा छुट दिनुपर्ने माग राखेका थिए ।

प्रकाशित भएको : December 31st, 2019

सम्वन्धित समाचारहरु