• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


प्रङ्बोला ल्हाई हेर्न निर्देशको अनुरोध


नेपाली अपडेट
बिहिबार, फाल्गुन २५, २०७९
 

बि.स २०३२ सालमा काभ्रेको हालको तिमाल गाउपालिका ९ मा पिता स्व . इन्द्र ब.दोङ र माता स्व. साइलिमाया दोङ बाट परिबारको ७ जना सन्तानमध्ये साइलो छोरो रुपमा जन्मिएका डिलबहादुर दोङ को बाल्यकालदेखिकै सपना कलाकारितामा थियो।परिबारका अन्य दाजु,भाइ हरु अन्य पेसा र ब्यबसायमा सकृय भयपनी डि बि को रहरलाइ कसैले रोक्न

सकेन,फलस्वरूप २०६१ सालमा कलाक्षेत्रको केही ब्याक्तिहरु सङको चिनजान बाट उनले पहिलोपटक नेपाली चलचित्र कमिसनमा मा एउटा प्रमुख रोल गर्न सुरु गरे। बि. स २०५६ सालमा खाडिमुलुक हान्नियका उनी २०६१ मा मात्र नेपाल फर्कियका हुन। २०६३ सालमा सुर्य द पावर लगायत नेपाली फिल्ममा भिलेन खेलेका उनी आफैले दिनस पाख्रीन लाई निर्देसक लियर तामाङ चलचित्र जाथेबा निर्माण गरे।उक्त फिल्मले राम्रै ब्यापार गरेपछी दोङले गान्बा,चु

लुइ,दोखाङ,ह्याङ्ला नाम्सा ,खाइरङ्बा माया,प्रङ्लोला लुइ, ह्याङ्ला सगुन,लगायत एक दर्जन तामाङ फिल्म मा निर्माता र निर्देसन गरे। पछिल्लोपटक तामाङ फिल्म द निङ्मा सम्म आइपुग्दा उनले दर्जनौं म्युजिक भिडियो तथा टेलिफिल्ममा अभिनय र निर्देसन गरिसकेका छन। केही बर्ष स्वास्थको कारण फिल्मी क्षेत्रमा निष्क्रिय उनले छिट्टै अर्को एक नेपाली र तामाङ फिल्म गर्ने घोषणा गरेका छन। कलाकारितामा श्रीमती पासाङ तामाङ थोकरको धेरै साथ,र हौसला पायको बताउने लामाले  प्रङ्बोला लुई दर्शनका लागि छिटै हलमा देखाउने भएकोले हेरेर माया गर्नु हुन अनुरोध गरेका छन् ।

प्रकाशित भएको : March 9th, 2023

सम्वन्धित समाचारहरु