बिहिबार, फाल्गुन २५, २०७९
राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।
उनले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गरेका हुन् ।
उनले भने– ‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।’
प्रकाशित भएको : March 9th, 2023