• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


ऐशेलुखर्क -काठमाडौँ सम्पर्क समितिको सम्मान तथा कार्य समिति पूर्णता कार्यक्रम सम्पन्न


नेपाली अपडेट
शनिबार, जेष्ठ १३, २०८०
 

ऐशेलुखर्क- काठमाडौँ सम्पर्क समितिले प्रतिनिधि सभा सदस्य तथा नेपालि कांग्रेसकी केन्द्रिय सदस्य माननीय सरस्वति बजिमयको प्रमुख आतिथ्य तथा खोटाङ्ग काठमाडौँ सम्पर्क समितिका सचिव नवराज बन को बिशेष आतिथ्यमा ऐशेलुखर्क काठमाडौँ सम्पर्क समितिको सम्मान तथा कार्य समिति पूर्णता कार्यक्रम सम्पन्न गरेको छ। ऐशेलुखर्क गाउँ पालिका स्थायी घर भई हाल काठमाडौँमा अध्यायनको क्रममा रहेका बिद्धार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्द नेपाली काँग्रेस समर्थक महानुभावहरूकाे मिति २०८०/०१/१५ गते जिल्ला कार्यसमिति सदस्य बृहस्पति राई (मोहनको) अध्यक्षतामा बसेको भेलाले नेपाल बिधार्थी संघका नेता जय कुमार तामांगला संयोजकको जिम्मेवारी प्रदान गरेको थियो।

संयोजक जय कुमार तामांग को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत चैत्र ५ गते सम्पन्न स्वतन्त्र बिद्धार्थी युनियनको निर्वाचन मा सानोठिमी बहुमुखी क्याम्पस बाट निर्वाचित स्ववियु सचिव भुदिप दाहाललाई प्रमुख अतिथि ज्युबाट बधाई तथा सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल बार एसोसियसन ललितपुर शाखाका सदस्य महेश पुरी, प्रा. प्रेम राई, बाकाचोल बहुउद्देश्यिया सहकारी संस्था लि का अध्यक्ष हेमकाजी पुरी, बिद्धार्थी नेता सुदिप बाबु खुलाल  लगायतले आ-आफ्नो धारणा राखेका थिए। नवगठित कार्य समितिमा जय कुमार तामांगको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति गठन गरियको छ।

प्रकाशित भएको : May 27th, 2023

सम्वन्धित समाचारहरु